कम्युनिस्ट आन्दोलनका १७ जना योद्धालाई एमालेको सम्मान
९ वैशाख, काठमाडौं । नेकपा एमालेले कम्युनिष्ट आन्दोनलाई सहयोग पुर्याउने १७ जना कम्युनिष्ट योद्धालाई सम्मान गरेको छ । एमालेले पोखरा महानगरपालिका-६ कास्कीका स्वतन्त्र वामपन्थी नेता टेकनाथ बराल, अर्घाखाँचीका नेत्रप्रसाद ढुंगाना र तुलसीराम मिश्र, काठमाडौं महानगरपालिका गमबहालकी नानीमैयाँ नकर्मीलाई सम्मान गरेको छ ।
त्यस्तै, मदन भण्डारीको चुनावी अभियानमा सहभागी हुँदा भएको आक्रमणमा परेर अहिले मस्तिष्क पक्षघातले आक्रान्त गोरखाका कुमार गुरुङलाई समेत एमालेले सम्मान गरेको छ ।
लतिपुरका चतुर व्यञ्जनकार, बागलुङ गलकोटका वसन्त गौचन, पहिले भारतीय कम्युनिस्ट पार्टीका सदस्य लिएर पछि नेपाली कम्युनिस्ट बनेका हरिप्रसाद शर्मा काफ्ले, गायक रामकृष्ण दुवाललाई पनि एमालेले सम्मान गरेको छ ।
सिन्धुपाल्चोकका छत्र बोहोरा, शिक्षक आन्दोलनमा सक्रिया शिक्षक संगठनका पूर्वअध्यक्ष माधवप्रसाद अधिकारी, चुमकला बञ्जाडे, भैरहवा जेल ब्रेकमा सहयोग गरेकी लक्ष्मीराज जोशी, कञ्चनपुरमा जेल तोडेर २०२७ सालमा संगठन विस्तार गरेका झापा आन्दोलनका योद्धा १८ वर्ष जेल बसेका अमर कार्की, फोटो पत्रकार धनुषाका विष्णु डंगोल, पार्टीलाई सेल्टर दिएको कुमारीदेवी महरा चमार र झापाका भिमबहादुर खतिवडालाई पनि सम्मान गरिएको छ । उनीहरूको विषयमा सोधखोज गरेर एमालेले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सम्मान गरेको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply