कम्युनिस्ट आन्दोलनका १७ जना योद्धालाई एमालेको सम्मान
९ वैशाख, काठमाडौं । नेकपा एमालेले कम्युनिष्ट आन्दोनलाई सहयोग पुर्याउने १७ जना कम्युनिष्ट योद्धालाई सम्मान गरेको छ । एमालेले पोखरा महानगरपालिका-६ कास्कीका स्वतन्त्र वामपन्थी नेता टेकनाथ बराल, अर्घाखाँचीका नेत्रप्रसाद ढुंगाना र तुलसीराम मिश्र, काठमाडौं महानगरपालिका गमबहालकी नानीमैयाँ नकर्मीलाई सम्मान गरेको छ ।
त्यस्तै, मदन भण्डारीको चुनावी अभियानमा सहभागी हुँदा भएको आक्रमणमा परेर अहिले मस्तिष्क पक्षघातले आक्रान्त गोरखाका कुमार गुरुङलाई समेत एमालेले सम्मान गरेको छ ।
लतिपुरका चतुर व्यञ्जनकार, बागलुङ गलकोटका वसन्त गौचन, पहिले भारतीय कम्युनिस्ट पार्टीका सदस्य लिएर पछि नेपाली कम्युनिस्ट बनेका हरिप्रसाद शर्मा काफ्ले, गायक रामकृष्ण दुवाललाई पनि एमालेले सम्मान गरेको छ ।
सिन्धुपाल्चोकका छत्र बोहोरा, शिक्षक आन्दोलनमा सक्रिया शिक्षक संगठनका पूर्वअध्यक्ष माधवप्रसाद अधिकारी, चुमकला बञ्जाडे, भैरहवा जेल ब्रेकमा सहयोग गरेकी लक्ष्मीराज जोशी, कञ्चनपुरमा जेल तोडेर २०२७ सालमा संगठन विस्तार गरेका झापा आन्दोलनका योद्धा १८ वर्ष जेल बसेका अमर कार्की, फोटो पत्रकार धनुषाका विष्णु डंगोल, पार्टीलाई सेल्टर दिएको कुमारीदेवी महरा चमार र झापाका भिमबहादुर खतिवडालाई पनि सम्मान गरिएको छ । उनीहरूको विषयमा सोधखोज गरेर एमालेले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सम्मान गरेको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply