एमालेले टुंग्यायो डोटीका सबै पालिकाका उम्मेदवार
१० वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जिल्लाका नौ वटै पालिकाका प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको छ ।
एमाले स्रोतका अनुसार दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासीलाई अघि सारिएको छ । यस नगरपालिकाको उपप्रमुखमा रुपा कठायतलाई उम्मेदवार बन्ने पक्का भएको छ । शिखर नगरपालिकाको प्रमुखमा भीमबहादुर बलायर र उपप्रमुखमा लक्ष्मी मल्ललाई चयन गरिएको छ ।
यस्तै, पूर्वीचौकी गाउँपालिकाको अध्यक्षका लागि कृष्ण कुमार कठायत र उपाध्यक्षमा शारदा साउँदलाई छानिएको छ । बढीकेदार गाउँपालिकाको अध्यक्षमा चक्रवहादुर घर्ति र उपाध्यक्षमा सपना सिराडीलाई चयन गरिएको छ ।
आदर्श गाउँपालिकाको उपाध्यक्षमा जानकी खड्का र बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा ज्ञानु मल्ल बमलाई चयन गरिएको छ ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका एक सदस्यले भने ‘जिल्लाबाट आएको सिफारिसका आधारमा प्रदेश कमिटीले नाम टुङ्गो लगाएको छ, तर अहिल्लै सार्वजनिक नगर्ने भन्ने भएको छ । पार्टीले अहिल्लै सार्वजनिक नगर्ने भनेको भएपनि सामाजिक सञ्जालमा बधाइको ओइरो लाग्न थालेको छ ।
अन्य पाँच पालिकामा एमालेले यसअघिनै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो । जोरायल गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरा, सायल गाउँपालिकाको अध्यक्षमा तेजबहादुर डुम्रेल र उपाध्यक्ष बिष्नादेवी सिंह, केआई सिंह गाउँपालिकाको अध्यक्षमा तेजवहादुर माझी र उपाध्यक्षमा धनादेवी कुँवर सर्वसम्मत भएका थिए ।
यस्तै बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा हस्तबहादुर बुढा र आदर्श गाउँपालिकाको अध्यक्षमा डम्मरबहादुर वलीलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लाका नौ स्थानीय तहमध्ये एमालेले पाँचमा प्रमुख उपप्रमुख दुवै र एउटामा उपप्रखुम जितेको थियो ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
Leave a Reply