एमालेले सिन्धुलीमा टुङ्गो लगायो उम्मेदवार, आजै मनोनयन दर्ता गर्ने
११ वैशाख, सिन्धुली । नेकपा एमाले सिन्धुलीले यहि वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु टुङ्गो लगाएको छ । एमालेले शनिबार राति सहमति हुन बाँकी ५ पालिकाको प्रमुख-उपप्रमुखमा उमेदवारहरूको नाम टुंगो लगाएको हो ।
नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख संजय दाहालका अनुसार एमालेले कमलामाई नगरपालिकाको मेयरमा महेन्द्र देव श्रेष्ठ र उपमेयरमा मन्जु देवकोटालाई छनौट गरेको छ । देवकोटा हाल कार्यरत उपमेर हुन् । दुधौली नगरपालिकाको मेयरमा लक्ष्मण कार्की र उपमेयरमा बालकुमारी अधिकारीलाई टिकट दिएको छ । अधिकारी पनि २०७४ सालको निर्वाचनमा विजेतम उपमेयर हुन् । ‘पार्टीले उनलाई फेरि पनि उपमेयरमै उठाउने निणर्य गरेको छ’, दाहालले भने ।
तीनपाटन गाउँपालिकाको अध्यक्षमा छत्र दाहाल र उपाध्यक्षमा पदम माया तामाङलाई अघि सारिएको छ । दाहाल स्थानीय तहको अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका कणर् थापा सँग १९ मतले गाउँपालिका अध्यक्ष मै पराजित भएका थिए । उक्त पालिकामा यस पटक पनि दाहलको थापा सँगै प्रतिस्पर्धा हुने भएको छ । थापा पुनः गठबन्धनका तर्फबाट पालिका अध्यक्ष बनेका छन् । उपाध्यक्ष तामाङ भने तीनपाटनकी विजेता उपाध्यक्ष नै हुन् ।
यस्तै एमालेले फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारलाई यो पटक अध्यक्ष बनाउने भएको छ । उपाध्यक्षमा भने राजु बराललाई टिक दिएको छ । सुनकोशी गाउँपालिकाको अध्यक्षमा अशोक गिरी र उपाध्यक्षमा हेमा अधिकारीलाई अघि सारिएको छ । एमालेले गोलन्जोर, मरिण, घ्याङलेख र हरिहरपुरगढी गाउँपालिका यसअघिनै सर्वसम्मत उमेदवार छनोट गरिसकेको छ ।
एमालेले आगामी ३० गते शुक्रबारका दिन हुने निर्वाचनका लागि आजै मनोनयन दर्ता गर्ने जनाएको छ । निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन उम्मेदवारी दर्ताको समय दिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply