१२ बैशाख २०७९, सोमबार ०६:३५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मनोनयनको पहिलो दिन १३ हजार ३८६ जनाले दर्ता गरे उम्मेदवारी
१२ वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आव्हान गरिएको मनोनयन दर्ताको पहिलो दिन देशभर १३ हजार ३८६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन आयोगका अनुसार प्रदेश १ मा २ हजार ५७९, मधेश प्रदेशमा ४ हजार ५४, बागमती प्रदेशमा १ हजार ९०१, गण्डकी प्रदेशमा ८६९, लुम्बिनी प्रदेशमा २ हजार ७१२, कर्णाली प्रदेशमा ४५२ र सुदुरपश्चिम प्रदेशमा ८२१ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
मनोनयन दर्ताको पहिलो दिन प्रमुख पदको लागि ६१३, अध्यक्षको लागि ४७६, उपप्रमुखको लागि २६८, उपाध्यक्षको लागि ३०३, वडा अध्यक्षको लागि ३ हजार ५४६, महिला सदस्यको लागि २ हजार ६९, दलित महिला सदस्यको लागि १ हजार ६६४ र सदस्यको लागि ४ हजार ४४७ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगले मनोनयन दर्ताको लागि आज बेलुकी पाँच बजेसम्म समय तोकेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply