काठमाडौंका पालिकाहरुमा एमालेका मेयर र उपमेयरका उम्मेदवारहरू
१२ वैशाख, काठमाडौं । एमालेले काठमाडौंका १ महानगरपालिका र १० नगरपालिकाका लागि प्रमुख र उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाएसँगै उम्मेदवारी दर्ताको क्रम शुरु भएको छ । सोमबार एमालेले काठमाडौंका सम्पूर्ण पालिकाहरुको उम्मेदवार टुङ्गो लगाएको एमाले काठमाडौं सहइन्चार्ज कृष्ण राईले जानकारी दिए ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेका उम्मेदवारहरूमा काठमाडौं महानगर प्रमुखमा केशव स्थापित, उपप्रमुखमा सुनिता डंगोल, शंखरापुर नगरपालिका प्रमुखमा कृष्णलाल बजगाईं, उपप्रमुखमा लक्ष्मी केसी, कागेश्वरी मनहरा नगरपालिका प्रमुखमा रामशरण ढुङ्गाना, उपप्रमुखमा अनिता लामा, गोकर्णेश्वर नगरपालिका प्रमुखमा उद्धव विष्ट, उपप्रमुखमा सान्नानी बिष्ट रहेका छन् ।
नागार्जुन नगरपालिका प्रमुखमा नन्दनहरि गौतम, उपप्रमुखमा सुशीला अधिकारी, टोखा नगरपालिका प्रमुखका लागि प्रकाश अधिकारी, उपप्रमुखका लागि ज्ञानमाया डंगोल, तारकेश्वर नगरपालिका प्रमुखका लागि रामेश्वर बोहोरा, उपप्रमुखका लागि भवानी डोटेल, चन्द्रागिरी नगरपालिका प्रमुखका लागि उत्तम बहादुर राउत, उपप्रमुखका लागि वसन्ती श्रेष्ठ, दक्षिणकाली नगर प्रमुखका लागि श्रीराम आर्चाय, उपप्रमुखका लागि इन्दिरा न्यौपाने रहेका छन् ।
यस्तै चन्द्रागिरी नगरपालिका प्रमुखका लागि उत्तम बहादुर राउत, उपप्रमुखका लागि वसन्ती श्रेष्ठ, कीर्तिपुर नगर प्रमुखका लागि के एस रत्न बज्राचार्य र उपप्रमुखमा बिन्दु महर्जन रहेका छन् । काठमाडौंका पालिकामा एमालेले कुनै दलसँग गठबन्धन नगरी एकल रुपमा प्रतिस्पर्धा गर्ने सहइन्जार्ज राईले बताए ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply