गभर्नर निलम्बन मुद्दामा अन्तरिम आदेशबारे छलफल हुँदै
१३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा मंगलबार अन्तरिम आदेशबारे छलफल हुने भएको छ।
अन्तरिम आदेशबारे छलफलका लागि न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा पेसी तोकिएको छ।
सरकारले गभर्नर अधिकारीलाई चैत २५ गते निलम्बन गरेको थियो।
तर सर्वाेच्च अदालतले वैशाख ७ गते अल्पकालीन अन्तरिम आदेश दिँदै काममा फर्काएको थियो। अल्पकालीन आदेशसँगै अधिकारी भोलिपल्टै कार्यालयमा हाजिर भएका हुन्।
तर त्यो आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने आजको छलफलपछि सर्वोच्चले आदेश जारी गर्नेछ।
अन्तरिम आदेशलाई निरन्तरता नदिएमा भने अधिकारी निलम्बनमा पर्नेछन्। तर यसअघि नै उनलाई काममा फर्किन आदेश दिइसकेकाले यो सम्भावना कम छ।
गभर्नर निलम्बनपछि सरकारले पूर्वन्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिलाई पनि तत्काल काम नगर्न सर्वाेच्चले भनेको छ।
सरकारले प्रक्रिया नपुर्याई आफूलाई निलम्बन गरेको भन्दै अधिकारीले सर्वोच्चमा रिट दायर गरेका हुन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply