गठबन्धन बालुवा र तासको घर हो, तर्सिनु पर्दैन : विष्णु पौडेल
१४ वैशाख, रुपन्देही । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले का उपाध्यक्ष विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन बालुवा र तासको घर भएकाले तर्सनु पर्ने अवस्था नरहेको बताएका छन् ।
बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित उम्मेदवार अभिमुखीकरण तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले बालुवा र तासको घर जस्तै रहेको गठबन्धन एमालेका लागि चुनौती हुन नसक्ने जिकिर गरे । गठबन्धनसँग तर्सनु नपर्ने उनको भनाइ छ ।
निर्वाचनमा पराजय हुने स्वीकार गरेर गठबन्धन बनाइएको उनले आरोप लगाए । एमालेले जित्दा मुलुकको समृद्धि र विकास अघि बढ्ने भएकाले जनताका लागि जित हासिल गर्नुपर्ने धारणा राखे । सरकारमा रहेका दलहरू आजका मितिमा पनि निर्वाचन सार्ने षड्यन्त्रमा लागिरहेको उनको आरोप छ । उनले जतिसुकै कोशिस गरे पनि समयमा नै निर्वाचन गर्न र एमालेलाई विजयी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।
पौडेलले स्थानीय तहमा जितको शुरुवात गर्दै प्रदेश र केन्द्रको निर्वाचनमा विजयी हुँदै एमालेको एकल नेतृत्वको सरकार गठन हुने जिकिर पनि गरे । उनले तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा एमालेले शानदार विजयी हासिल गर्ने दाबी गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply