निर्वाचन सुरक्षा व्यवस्था बलियो बनाउन गृहमन्त्रीको निर्देशन
१७ वैशाख , काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्र, प्रदेश र जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सदस्यलाई निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् ।
आज आफ्नो अध्यक्षतामा आयोजित ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठीमा गृहमन्त्री खाँणले निर्वाचन सम्पन्न हुने बेलासम्म देखिने सबै प्रकारका चुनौती उपलब्ध स्रोत र साधन उपयोग गरेर सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
त्यस्तै उनले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए । ‘निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू निर्वाचनमा सुरक्षा दिँदा नयाँ भन्दा अनुभव प्राप्त हुन्छन्, गृहमन्त्री खाँणले भने, ‘आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्डअनुरुप भएका भएमा उनीहरूलाई प्राथमिकतामा राख्नुहोला ।
गृह मन्त्रालयमा भएको गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल, तथा गृह मन्त्रालयका सहसचिवहरू फणिन्द्रमणि पोखरेल, टेकबहादुर केसी, प्रदीप कोइराला भौतिकरूपमा सहभागी थिए ।
भर्चुअल माध्यमबाट सबै जिल्ला सुरक्षा समितिका पदाधिकारी सबै प्रदेशका तिनै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । गोष्ठीमा निर्वाचन सुरक्षा सम्बन्धमा देखा परेका चुनौती र तिनको समाधान कसरी गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाधलीरहित तरिकाले सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
‘मुख्यगरी निर्वाचनको सुरक्षा व्यवस्थामा देखिएका चुनौती र ती चुनौतीको समाधान कसरी गर्ने भन्ने विषयमा आज सुरक्षा गोष्ठी राखिएको हो, प्रवक्ता पोखरेलले भने, ‘जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले गरेका काम गोष्ठीमा प्रस्तुत गर्दा एउटा जिल्लाले गरेको काम अर्को जिल्लाले नगरेको हुनसक्छ, त्यसबाट एउटाको काम अर्कालाई सिकाइ हुने हुनाले फलदायी हुन्छ । तसर्थ भर्चुअल रूपमा गोष्ठी राखिएको हो ।
गोष्ठीमा प्रदेशगत रूपमा एउटा प्रदेशबाट एक जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रस्तुति दिएका थिए । प्रदेश- १ बाट झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, मधेस प्रदेशबाट सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, बागमती प्रदेशबाट काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, गण्डकी प्रदेशबाट बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, लुम्बिनी प्रदेशबाट गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, कर्णाली प्रदेशबाट जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाई तथा सुदूरपश्चिम प्रदेशबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अहिलेसम्म निर्वाचन सुरक्षाका सम्बन्धमा भए गरेका काम र निर्वाचन सम्पन्न गर्न देखिन सक्ने चुनौति र केन्द्रबाट आफूहरू गरेका अपेक्षासम्बन्धमा कुरा राखेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply