एमाले बाहेकका उम्मेदवार चर्चा गर्न लायक समेत छैनन् : ओली
१८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भए पनि उनीहरु चर्चा गर्न लायक नभएको बताएका हुन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । यस क्रममा उनले आवश्यक्ता नै नभएका अन्य दलका उम्मेदवारहरुलाई छोडेर सूर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवारहरुलाई विजयी गराउन पनि सबैलाई आह्वान गरे ।
अध्यक्ष ओलीले काठमाडौंलाई विश्वकै नमूना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका वागमती, विष्णुमती नदीलाई पूणर् सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको पनि बताए ।
उनले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारहरुको जोशलाई मिलाएर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको पनि बताए । ‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्नँ । किनभने चर्चा गर्न लायक नै छैनन् । केही कुरा गरिरहनु पर्ने आवश्यकता नै छैन । त्यसकारण म कसैको बारेमा केही भनिरहन चाहन्नँ । साथीहरुले कतिपयले इच्छा गर्नु भएको छ । इच्छा गर्न पाईन्छ । उहाँहरुको अधिकारको कुरा हो । उहाँहरुले इच्छा गर्नुपर्छ । उहाँहरुको इच्छालाई सलाम गरौं । सूर्यमा भोट हालौं । एमालेलाई जिताऔं ।
अध्यक्ष ओलीले पार्टीको चुनावी घोषणापत्र र स्थानीय तहको प्रतिबद्धता पत्र लिएर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply