रामचन्द्रलाई जगन्नाथको जवाफ : म ‘ब्याक’ हुन्न, रेनुको नाम फिर्ता गराउनुस्
२२ वैशाख,चितवन । चितवन भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवार नेपाली कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले आफू कुनै हालतमा पछि नहट्ने अडान दोहोर्याएका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भरतपुरस्थित होटल सिराइचुलीमा करिब १० मिनेट संवाद गर्ने क्रममा उम्मेदवार पौडेलले आफू चुनावी अभियानमा होमिइसकेकाले पछि हट्न नसक्ने जवाफ दिएका छन् । भरतपुरमा आज सत्ता गठबन्धनले गर्न लागेको संयुक्त चुनावी सभाअघि रामचन्द्र र जगन्नाथबीच भेटवार्ता भएको हो । वार्तामा जगन्नाथसँगै, मीना खरेल र कृष्णलाल सापकोटा पनि सहभागी थिए ।
जगन्नाथलाई मेयरको उम्मेदवारमा खरेल समर्थक र सापकोटा प्रस्तावक छन् । तर जगन्नाथसहित उनीहरु तीनै जनालाई कांग्रेसले निष्काशित गरिसकेको छ । हाम्रो पुरानै अडान छ । यहाँ कांग्रेसले मेयर पाउनु पर्छ भन्ने मेरो कुरा हो भेटबारे उम्मेदवार पौडेलले भने, ‘यदि मैले पछि हट्नु पर्छ भने रेनु दाहालको पनि उम्मेदवारी फिर्ता हुनुपर्छ । त्यसपछि यहाँ कांग्रेस आफैंले मेयरमा लड्नु पर्छ । यदि त्यसो हुन्छ भने म पछि हट्न तयार छु ।
मैले भनेर अब केही हुँदैन । यहाँ मेरो अघिपछि हजारौं कार्यकर्ता छन् । मलाई पछि हट्नु भन्दा पनि कांग्रेसले रेनुलाई सघाउने निणर्य फिर्ता लिनु उचित हुन्छ, उनले भने, म त चुनावी अभियानमा गइसकेको छु । अहिले पनि तपाईंलाई भेट्न चुनावी अभियानबाटै आएको हो । मलाई समय पनि छैन । म घर दैलो अभियानमा निस्किएँ, अब मलाई फिर्ता गर नभन्नु होला । उता कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलसहित चुनावीसभालाई सम्बोधन गर्न हिजै भरतपुर उत्रिएका छन् । स्रोतका अनुसार पौडेल र सभापति देउवाबीच संवाद भएको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply