चितवनमा आइतबार एमालेको शक्ति प्रदर्शनसहित चुनावी सभा
२४ वैशाख, चितवन । आसन्न स्थानीय तह निर्वाचनको ‘इपी सेन्टर’ बनेको चितवनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शक्ति प्रदर्शनसहित आइतबार बृहत् चुनावी सभा गर्दैछ । क्याम्पा चौरमा १ बजे हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।
यस्तै उपाध्यक्ष रामबहादुर थापा, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि चुनावी सभालाई सम्बोधन गर्ने एमाले बागमती प्रदेश इञ्चार्ज काशीनाथ अधिकारीले जानकारी दिएका छन् । पाण्डे भरतपुर महानगरपालिकाको चुनावी ‘कमाण्डर’ हुन् । चितवन थापाको गृह जिल्ला हो, उनी शुक्रबार नै चितवन आइपुगेका छन् ।
त्यसबाहेक चुनावी सभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले पनि सम्बोधन गर्ने तयारी छ । चितवनमा एमाले र राप्रपाबीच गठबन्धन छ । ‘कार्यक्रम एमालेको आयोजनामा भए पनि विक्रमजीले पनि सम्बोधन गर्ने सम्भावना छ’ अधिकारीले सुनाए, ‘किनभने यहाँ राप्रपासँग हाम्रो गठबन्धन छ ।
सहभागीलाई निःशुल्क यातायात
एमालेको चुनावी सभामा सहभागिता व्यापक बनाउन विभिन्न स्थानबाट नागरिक सभास्थल ल्याउन र लैजान निःशुल्क गाडीको व्यवस्था गरिएको प्रचार गरिएको छ । हिजोदेखि नै वडा नम्बर २१, २६ र २० लगायत वडामा माइकिङ गरेर त्यसको प्रचार गरिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply