गठबन्धन बाँडीचुँडी खान र खुवाउन मात्रै हो : ओली
२४ वैशाख, सुनसरी । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा गएर बाडीचुडी खान नेपाली काङ्ग्रेस र माओवादी गठबन्धन गरेर चुनाबमा गएको आरोप लगाएका छन् ।
उनले वडामा एक्लै चुनाव लड्न नसकेर गठबन्धन गरेको दाबी गरे । गठबन्धन टालाटुली जोडेर बनाएको पुतली मात्रै हो यसको कुनै उद्देश्य छैन । कुनै उद्देश्य बिनाको पार्टी र उम्मेदवारलाई सरकारमा नपुर्याउन मतदातालाई आग्रह गरे । ओलीले गठबन्धन गरेर सरकारमा जान बाँडीचुँडी खान र आफन्तलाई खुवाउन मात्रै बनाएको बताए ।
उनले भने यस्तो उदेश्य बोकेको गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा रहेको बताए। ओलीले इटहरी को विकासको जिम्मा आफूले लिने बताए । ‘तपाईहरु याम सुब्बा र संगीता चौधरीलाई तपाईंको प्रतिनिधि बनाउनुहोस् । उहाँहरु मेरो प्रतिनिधि हो’, उनले भने ।
गठबन्धनप्रति आक्रमक रुपमा प्रस्तुत भएका ओलीले खाएर चुसेर ढाडिएकाहरु गठबन्धन बनाएर हिँडेको दाबी गरे । उनले भने कांग्रेसको जिउमा भन्किएका झिँगा धपाउन माओवादी र एकीकृत समाजवादी झम्के पछ्यौरी बनेको आरोप लगाए । उनले काङ्ग्रेस सत्तामा हुँदा कुनै काम नगरेको बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply