गठबन्धन बाँडीचुँडी खान र खुवाउन मात्रै हो : ओली
२४ वैशाख, सुनसरी । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा गएर बाडीचुडी खान नेपाली काङ्ग्रेस र माओवादी गठबन्धन गरेर चुनाबमा गएको आरोप लगाएका छन् ।
उनले वडामा एक्लै चुनाव लड्न नसकेर गठबन्धन गरेको दाबी गरे । गठबन्धन टालाटुली जोडेर बनाएको पुतली मात्रै हो यसको कुनै उद्देश्य छैन । कुनै उद्देश्य बिनाको पार्टी र उम्मेदवारलाई सरकारमा नपुर्याउन मतदातालाई आग्रह गरे । ओलीले गठबन्धन गरेर सरकारमा जान बाँडीचुँडी खान र आफन्तलाई खुवाउन मात्रै बनाएको बताए ।
उनले भने यस्तो उदेश्य बोकेको गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा रहेको बताए। ओलीले इटहरी को विकासको जिम्मा आफूले लिने बताए । ‘तपाईहरु याम सुब्बा र संगीता चौधरीलाई तपाईंको प्रतिनिधि बनाउनुहोस् । उहाँहरु मेरो प्रतिनिधि हो’, उनले भने ।
गठबन्धनप्रति आक्रमक रुपमा प्रस्तुत भएका ओलीले खाएर चुसेर ढाडिएकाहरु गठबन्धन बनाएर हिँडेको दाबी गरे । उनले भने कांग्रेसको जिउमा भन्किएका झिँगा धपाउन माओवादी र एकीकृत समाजवादी झम्के पछ्यौरी बनेको आरोप लगाए । उनले काङ्ग्रेस सत्तामा हुँदा कुनै काम नगरेको बताए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply