स्थानीय तह निर्वाचन : आज मध्यरातदेखि मौन अवधि
२७ वैशाख, काठमाडौं ।स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि सुरु हुँदैछ। निर्वाचनमा उम्मेदवार बनेकाहरुले आज राति १२ बजेसम्म मात्रै चुनावको प्रचारप्रसार गर्न पाउने छन्।
३० वैशाखमा देशभरका सात सय ५३ स्थानीय तहमा एकसाथ हुने निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ। मतदान नसकिएसम्म मौन अवधि कायम रहने छ।
मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ।
आयोगका प्रवक्ता शालिग्राम पौडेललेका अनुसार यसका लागि आवश्यक निर्देशन दिन र नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ।
मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसार सामग्री हटाउन निर्वाचन आयोगले आग्रह गरेको छ।
मौन अवधिमा राजनीतिक दल, उम्मेदवार र मतदाताहरुले सभा जुलुस गर्न, मत माग्न, पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन्।
दल तथा उम्मेदवारका प्रचारप्रसार मतदानको अन्तिम समयमा आएर कुनै द्वन्द्वमा परिणत नहोस् वा निर्वाचनको मुखमा प्रचार प्रसारमा विकृति नबढोस् भनेर मौन अवधि राख्ने गरिएको आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेती बताउँछन् ।
मौन अवधिमा सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत् पनि उम्मेदवारको पक्षविपक्षमा प्रचारप्रसार गर्न पाइँदैन। स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ अनुसार एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न हुँदैन।
त्यसैगरी उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता साङ्केतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन पनि नपाइने निर्वाचन आयोगले जनाएको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply