२७ बैशाख २०७९, मंगलवार ११:०७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
काठमाडौंलाई कान्तिपुरी नगरी बनाउँछु : सुनिता डंगोल
२७ वैशाख, काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेदवारी सुनिता डंगोलले काठमाडौंलाई मौलिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छन् । काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले विश्वको कुनै सहर जस्तो होइन काठमाडौंलाई कान्तिपुरी नगरीको रुपमा विकास गर्ने बताइन् ।
काठमाडौंलाई कतिले विश्वका कुनै सहरजस्तो बनाउँछु भने, उनले भनिन्, तर, काठमाडौंलाई कुनै विश्वको सहरजस्तो होइन काठमाडौं जस्तै, कान्तिपुर नगरी सहर बनाउँछु । काठमाडौंको शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास गर्ने भन्दै उनले देशको विकासकै लागि नै एमाले सरकारको आवश्यक रहेको बताइन् । उनले विकास र समृद्धिको सपना पूरा गर्न एमालेलाई जिताउनुपर्ने बताइन् । जनमतको कदर गर्ने र अपेक्षा पूरा गर्ने आश्वासन दिँदै उनले एमालेलाई मत दिन आह्वान गरेकी छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply