२८ बैशाख २०७९, बुधबार १०:४७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
विद्यालयमा पनि शनिवार र आइतवार बिदा
२८ वैशाख, काठमाडौं । सरकारले शिक्षण संस्थामा पनि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
शिक्षा मन्त्रालयले यही जेठबाट सरकारी तथा निजी दुवै शिक्षण संस्थामा सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो।
प्रवक्ता दीपक शर्माका अनुसार सातामा दुई दिन बिदा दिएसँगै अब शुक्रबार पूरै दिन पढाइ हुनेछ।
मन्त्रालयले हिउँदे, वर्षे र स्थानीय बिदालाई कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म बिदा दिन सकिने नियम पनि ल्याएको छ।
मन्त्रालयले विद्यालयका हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सिटिइभिटीले र विश्वविद्यालयका हकमा विश्वविद्यालय अनुदान आयोगले बिदा व्यवस्थापन गर्ने गरी निर्णय लिएको छ।
देशमा आर्थिक संकट बढ्दै गएपछि सरकारले यसअघि नै जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लिइसकेको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply