साइत हेरेर ११ बजेर ३ मिनेटमा भोट हाले बालेनले
३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले ज्योतिष शास्त्र अनुसार साइत हेरेर भोट हालेका छन् ।
उनले हेरेको साइत अनुसार ११ बजेर ३ मिनेटमा भोट खसाएको बताए ।
बालेनले काठमाडौंको वडा नम्बर ९ स्थित गैरिगाँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट भोट खसाएका हुन् ।
भोट खसाएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफ्नो जित निश्चित रहेको दावी गरे ।
बालेनले आफू ज्योतिषशास्त्रमा विश्वास राख्ने भएकाले साइत हेरेर मतदान गरेको स्वीकार गरे ।
उनले भने, ज्योतिष शास्त्र पनि विज्ञान हो । म यसमा विश्वास गर्छु । म इन्जिनियरसँगै एस्ट्रोलोजीको पनि विद्यार्थी भएकाले साइत हेरेर ११ बजेर ३ मिनेटमा भोट हालेको हुँ ।
बालेनले पार्टी नहेरि उम्मेदवार हेरेर भोट खसाएको जानकारी दिए ।
सबै उम्मेदवारहरु हेरेर फरक फरक चिन्हमा मत खसाएकाले अलिकति टाइम लाग्यो’ उनले भने ।
उनले यसअघि एकपटक मात्रै मतदान गरेको अनुभव रहेको बताए । यसपालीको मतदानमा धेरै फरक अनुभव संगालेको उनको भनाइ छ ।
म रातारात उम्मेदवार बनेको होइन । ग्राजुयल्ली भएको हो । हरेक दिन नयाँ नयाँ अनुभव भइरहेको छ । रमाइलो पनि लागेको छ । सबै बुथमा गइरहेका छौं, उनले भने ।
ज्योतिष शास्त्र अनुसार तपाईं हार्नुहुन्छ कि जित्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्न उनले जवाफ दिए–शतप्रतिशत जित्छु ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply