मकवानपुर गढी गाउँपालिकामा मतगणना स्थगित
३१ वैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा विवाद भएपछि तत्कालका लागि मतगणना स्थगित भएको छ ।
सर्वदलीय बैठकको क्रममा मतगणना सुरु हुनु अघि गाउँपालिकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी नगराइने सहमति भएपनि उनलाई मतगणनाको क्रममा चेकजाँच नगरी भित्र पठाएको भन्दै बिरोध भएपछि विवाद भएको हो ।
अहिले मत गणना रोकिएको छ । अहिलेसम्म गाउँपालिकाका वडा नम्बर १ र ८ को मतगणनामा गठबन्धनका उम्मेदवार अगाडि देखिएको छ । गठबन्धनलाई एमालेले पछ्याउँदै आएको छ ।
१ नम्बरको १०० र वडा नम्बर आठको २०० मत गणना हुँदा गाउँपालिका अध्यक्षको गठबन्धनबाट नेपाली कांग्रेसका दोर्जे लामा स्याङतानले १ सय ७४ मत प्राप्त गरेका छन् । एमालेका विदुर हुमागाईंले ९० मत प्राप्त गरेका छन् ।
गाउँपालिका उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रकी मानकुमारी पाख्रिन नेपालीले १ सय ५१ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याउँदै एमालेकी सन्तु थिङले ८९ मत प्राप्त गरेकी छन् । दुवै वडाहरुमा पनि कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply