२४० स्थानीय तहको नजिता : कांग्रेस १०९, एमाले ६३ तहमा विजयी
३ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका २ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइरहेको छ।
सार्वजनिक नतिजाअनुसार सबैभन्दा धेरै स्थानीय तहमा सत्तारुढ नेपाली कांग्रेस विजयी भएको छ।
कांग्रेसले अहिलेसम्म १ सय ९ स्थानीय तहमा जित निकालेको भने १ सय ९५ स्थानीय तहमा अग्रता कायम राखेको छ।
नेकपा एमाले दोस्रो स्थानमा छ। अहिलेसम्म एमाले ६३ स्थानमा विजयी भएको छ भने १ सय ३५ स्थानीय तहमा अगाडि छ।
सार्वजनिक परिणाम अनुसार अर्को सत्तारुढ दल नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ।
माओवादी केन्द्रले अहिलेसम्म ५५ स्थानीय तहमा जित निकालेको छ भने ६२ स्थानीय तहमा अग्रता कायम राखेको छ।
त्यसैगरी एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी अहिलेसम्म ४ स्थानीय तहमा विजयी भएको छ भने १४ स्थानीय तहमा अघि छ।
जसपाले अहिलेसम्म २ स्थानीय तहमा जित निकालेको छ भने ३० स्थानीय तहमा अघि छ।
स्वतन्त्र उम्मेदवारले अहिलेसम्म ४ स्थानीय तह जितेका छन्। शुक्रबार भएको निर्वाचनको मतगणना शुक्रबार रातिदेखि सुरु भएको थियो।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply