२४० स्थानीय तहको नजिता : कांग्रेस १०९, एमाले ६३ तहमा विजयी
३ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका २ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइरहेको छ।
सार्वजनिक नतिजाअनुसार सबैभन्दा धेरै स्थानीय तहमा सत्तारुढ नेपाली कांग्रेस विजयी भएको छ।
कांग्रेसले अहिलेसम्म १ सय ९ स्थानीय तहमा जित निकालेको भने १ सय ९५ स्थानीय तहमा अग्रता कायम राखेको छ।
नेकपा एमाले दोस्रो स्थानमा छ। अहिलेसम्म एमाले ६३ स्थानमा विजयी भएको छ भने १ सय ३५ स्थानीय तहमा अगाडि छ।
सार्वजनिक परिणाम अनुसार अर्को सत्तारुढ दल नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ।
माओवादी केन्द्रले अहिलेसम्म ५५ स्थानीय तहमा जित निकालेको छ भने ६२ स्थानीय तहमा अग्रता कायम राखेको छ।
त्यसैगरी एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी अहिलेसम्म ४ स्थानीय तहमा विजयी भएको छ भने १४ स्थानीय तहमा अघि छ।
जसपाले अहिलेसम्म २ स्थानीय तहमा जित निकालेको छ भने ३० स्थानीय तहमा अघि छ।
स्वतन्त्र उम्मेदवारले अहिलेसम्म ४ स्थानीय तह जितेका छन्। शुक्रबार भएको निर्वाचनको मतगणना शुक्रबार रातिदेखि सुरु भएको थियो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply