४ जेष्ठ २०७९, बुधबार ०१:४०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बालेनले कटाए १५ हजार मत, स्थापित ८,२८८, सिर्जना ७,२९०

४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १५ हजार मत कटाएका छन् । अहिलेसम्म ३९ हजार ५२० मतगणना हुँदा बालेनले १५ हजार ४०२ मत पाएका छन् ।
उनको पछि रहेका एमालेका केशव स्थापितले ८,२८८ मत पाएका छन् । कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ७,२९० मत पाएकी छन् ।
काठमाडौं महानगरपालिको मेयरमा केशव स्थापित पछाडि परे पनि अहिलेसम्म परिणाम आएका तीन वटै वडामा एमालेले जित निकालेको छ । पछिल्लो पटक काठमाडौं- ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार वीरेन्द्र प्रजापती विजयी भएसँगै काठमाडौंका तीनै वडा एमालेले जितेको हो ।
१, ८१८ मत ल्याएर प्रजापती विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश डंगोलले १, ५७५ मत पाए । अहिले काठमाडौंका ३, ४, ६, २९, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।
सम्बन्धित समाचार
-
बाजुराको बुढीगंगामा आज पुनः मतदान हुँदै
-
प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस
-
दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि
-
अर्थमन्त्री शर्माले दिए राजीनामा
-
अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति
-
संसद बैठक २ बजेसम्मका लागि स्थगित
-
बजेट प्रकरणमा मुछिएका अर्थ सचिव मरासिनी बिदामा
-
अर्थमन्त्रीका विषयमा माओवादीले एमालेसँग छलफल गर्ने
-
मंसिर २ मा संसदीय निर्वाचन गर्न आयोगको प्रस्ताव
-
नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय
-
परिवारै सखाप पार्ने मादी घटना : चारजनालाई आजीवन कैदको फैसला
-
रामेछाप बस दुर्घटना : थप तीनको मृत्यु, मृत्तकको संख्या १२ पुग्यो
Leave a Reply