४ जेष्ठ २०७९, बुधबार ०१:४०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बालेनले कटाए १५ हजार मत, स्थापित ८,२८८, सिर्जना ७,२९०
४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १५ हजार मत कटाएका छन् । अहिलेसम्म ३९ हजार ५२० मतगणना हुँदा बालेनले १५ हजार ४०२ मत पाएका छन् ।
उनको पछि रहेका एमालेका केशव स्थापितले ८,२८८ मत पाएका छन् । कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ७,२९० मत पाएकी छन् ।
काठमाडौं महानगरपालिको मेयरमा केशव स्थापित पछाडि परे पनि अहिलेसम्म परिणाम आएका तीन वटै वडामा एमालेले जित निकालेको छ । पछिल्लो पटक काठमाडौं- ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार वीरेन्द्र प्रजापती विजयी भएसँगै काठमाडौंका तीनै वडा एमालेले जितेको हो ।
१, ८१८ मत ल्याएर प्रजापती विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश डंगोलले १, ५७५ मत पाए । अहिले काठमाडौंका ३, ४, ६, २९, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply