६ सय १७ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक : कुन दलले कति जिते ?
६ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत आज बिहान ६ बजेसम्म ६१७ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६१७ स्थानको अन्तिम नतिजा आएको हो ।
जसमा २७३ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । दोस्रोमा रहेको नेकपा एमालेले १७१ र तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले १११ स्थान जितेका छन् ।
यस्तै जनता समाजवादी पार्टीले १८, नेकपा (एकीकृत समाजवादी) ले १४, लोकतान्त्रिक समाजवादी पार्टीले ७ स्थानमा प्रमुख पद जितेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टीसहित स्वतन्त्रतर्फका उम्मेदवारले २३ ठाउँमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
उपप्रमुखतर्फ कांग्रेसले २५०, एमालेले १९२, माओवादी केन्द्रले ११६, एकीकृत समाजवादी २०, जसपा १७, लोसपा ७ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ ठाउँमा जितेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply