नीति तथा कार्यक्रम सपना र गन्तव्यविहीन : भट्टराई
१० जेठ, काठमाडौं । सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता योगेश भट्टराईले सपना र गन्तव्यविहीनको संज्ञा दिएका छन् । संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले नीति तथा कार्यक्रममा जनतालाई आशा जगाउन नसक्ने बताए ।
नीति तथा कार्यक्रम परम्परागत छ, उनले भने, यसमा कुनै नयाँ कुरा, नयाँ सपना र यसमा देशवासीलाई र सिंगो मुलुकलाई अपिल कार्यक्रममा छैन । र यसले कुनै उत्साह पनि दिएको छैन । यो सपनाविहीन, गन्तव्यविहीन छ ।
भट्टराईले आसन्न आर्थिक संकटलाई सम्बोधन गर्ने गरी कुनै कार्यक्रम नआएको भन्दै यो सरकार रहेसम्म समयको बर्बादी मात्र हुने टिप्पणी गरे । उनले भने, मुलुकमा ठूलो आर्थिक संकट छ, आउने बर्ष डरलाग्दो आर्थिक संकट सामना गनुपर्ने छ । यो सरकार जति समय बस्छ, त्यति समय मुलुकका लागि समयको बर्बादीबाहेक केही पनि होइन ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply