ओलीको आरोप- निर्वाचनमा प्रतिपक्षी दलमथि सरकार निर्मम ढंगले प्रस्तुत भयाे
१२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा सरकार प्रतिपक्षी दलमाथि निर्मम ढंगले प्रस्तुत भएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै बिहीबार ओलीले सरकार र सत्तारुढ दलका कार्यकर्ता चुनावमा बुथ कब्जा गर्नेदेखि प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिएको आरोप लगाए । सत्तारुढ दलका कार्यकर्ता र सरकारले प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिने प्रहरीलाई नै परिचालन गरेको ओलीको आरोप छ ।
धाँधलीपूर्ण निर्वाचन गराएको बताउँदै उनले प्रमुख प्रतिपक्षी दलका कारण कुनै पनि केन्द्रको निर्वाचन स्थगित नभएको दाबी गरे । ‘प्रतिपक्षी दलका कारण कतै पनि निर्वाचन स्थगित भएन, ओलीले भने, ‘तर, राज्य संयन्त्र प्रयोग गरेर निर्वाचनमा धाँधली गरियो । पञ्चायतकालमा पनि नभएको धाँधली यसपटक गरियो ।
प्रतिपक्षी दल सकाउने गरी सत्तारुढ गठबन्धन चुनावमा होमिएको आरोप लगाउँदै उनले लोकतन्त्रको मूल्यमान्यतामा रहने एमालेलाई सकाउने गरी गठबन्धन लागेको आरोप लगाए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply