पूर्व डीआइजी रञ्जन कोइराला पक्राउ
१३ जेठ,काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । श्रीमतीको कर्तव्य ज्यान मुद्दामा कैद सजाय छुट दिने पहिलेको आफ्नै फैसला सर्वोच्च अदालतले उल्ट्याएपछि प्रहरीले कोइरालालाई आज काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई काठमाडौंको बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अब उनलाई सर्वोच्चको फैसला कार्यान्वयनका लागि पठाइने छ । कोइरालाले २०६८ सालमा श्रीमती गीताको हत्या गरी मकवानपुरको जङ्गलमा लगेर शव जनलाएर नष्ट गरेका थिए । उनलाई २०७१ सालमा काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । सोही आदेशलाई पुनरावेदन अदालत पाटनले पनि सदर गरेको थियो ।
जेलमा रहेका कोइरालालाई सर्वोच्च अदालतले अघिल्लो वर्ष २० वर्षको कैदलाई घटाएर ८ वर्ष हुने गरी सजाय घटाएको थियो । कोइरालाले यसअघि ८ वर्ष कैद बसेका छन् भने अब करिब साढे ११ वर्ष कैद बस्नुपर्ने छ । यसअघि प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले बालबच्चाको संरक्षणको मानवीय पक्ष पनि जोडिएको भन्दै कैद मिनाहा गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply