बेपत्ता जहाज भेटिएको छैन, खराब मौसमले खोजीमा समस्या भइरहेको छ : प्राधिकरण
१५ जेठ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण सम्पर्कविहीन तारा एयरको जहाज खोजीमा कठिनाइ भइरहेको बताएको छ । प्राधिकरणका अनुसार विमानको अवस्थाको बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकोप्टरलाई त्यसतर्फ पठाइएकोमा प्रतिकूल मौसमको कारणले उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको जानकारी दिएको छ ।
काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु स्ट्यान्डबाई रुपमा रहेकोले मौसममा सुधार आउना साथ हवाइमार्गबाट खोज कार्य पुनः थालिने खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।
प्राधिकरणले जेठ १५ गते पोखराबाट स्थानीय समयअनुसार बिहान ०९ः५५ बजे जोमसोमको लागि १९ जना यात्रु र तीन जना चालक दलका सदस्यसहित उडेको तारा एयर प्रालिको ट्विनअट्टर ९एनइएटी विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएर त्यसपछि उक्त विमान सम्पर्कविहीन भएको हो ।
स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यसतर्फ प्रस्थान गरिसकेको प्राधिकरण अन्तर्गतको खोज तथा उद्धार केन्द्रले जानकारी दिएको छ । सरकारको जहाजको खोजीमा सहयोग गर्न स्थानीय नागरिकलाई समेत आग्रह गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply