बजेट लक्ष्यहीन र सेटिङ नै सेटिङको पुलिन्दा: नारदमुनि राना
१९ जेठ, काठमाडौं । एमालेका सांसद नारदमुनि रानाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट लक्ष्यहिन र सेटिङ नै सेटिङको पुलिन्दा रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट हावादारी, लक्ष्यहिन, गन्न्तव्यहिन र सेटिङ नै सेटिङको पोको रहेको बताएका हुन् ।
संविधानले समाजवाद उन्मुख, स्वतन्त्र र आत्मनिर्भर कुरा गरेको छ । तर, यो बजेटमा यस्ता कार्यक्रमलाई सम्बोधन गर्नेगरी कहीँ पनि उल्लेख भएको भेटिँदैन, उनले भने, हामीले भन्नुपर्दा यो बजेट हावादारी, लक्ष्यहिन, गन्तव्यहिन र सेटिङ नै सेटिङको पोको हो । जुन पाना पल्ट्यायो, त्यही पान्नामा सेटिङको गन्ध भेटिन्छ ।
बजेट चुनावमुखी, वितरणमुखी र गठबन्धनमुखी रहेको भन्दै उनले कार्यकर्ता पोस्ने गरी बजेट ल्याएको आरोप लगाए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply