२० जेष्ठ २०७९, शुक्रबार ०३:१२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने
२० जेठ, बारा । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ ।
विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो । सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए । नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने उनले बताए ।
वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मतसम्भार गर्न लागिएको हो । दैनिक उडानको समय कटौती गरी मर्मतको काम अघि बढाइएको हो । सप्तकोसी निर्माण सेवा कम्पनीले उक्त मर्मतसम्भारको ठेक्का लिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply