प्रचण्डसँग बालेन्द्रको भेटवार्ता
२१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ ।
शनिबार बिहान उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो । भेटमा स्वतन्त्रबाट निर्वाचित मेयर शाहलाई प्रचण्डले बधाई दिँदै आगामी दिनका कामहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
भेटमा प्रचण्डले काठमाडौंको मेयरका रुपमा स्वतन्त्र उम्मेदवार भएर भएको यो जितले अर्थपूणर् सन्देश दिएको बताए । शाहका स्वकीय सचिव भूपदेव शाहले भेटबारे जानकारी दिँदै भने, उहाँले शुरुमा तपाईंको जित एकदमै ठूलो जित हो । यसले नयाँ सन्देश दिएको छ । यसले नयाँ अध्याय शुरु गराउन सक्ने सम्भावना बोकेको छ ।
मेयर शाहले राम्रो काम गरेको खण्डमा नेपाली राजनीतिमा अझै धेरै स्पेस रहेको प्रचण्डले उल्लेख गरेका थिए । सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर अघि बढ्ने मेयर बालेन्द्रको सोचप्रति प्रचण्डले खुशी ब्यक्त गरेका थिए । एउटा पार्टीलाई समात्ने र अर्को पार्टीलाई आलोचना गर्ने जुन प्रवृत्ति यसअघि अरुमा देखिएको थियो, त्यसलाई तपाईंले नयाँ तरिकाले सोच्नु भएको रहेछ,’ शाहले भने, ‘सबैलाई सहकार्य गरेर जाने कुरा एकदमै राम्रो लाग्यो । अबको दिनमा पनि यसैगरी सहकार्य गरेर जानुपर्छ। हाम्रो पनि समर्थन रहन्छ ।
काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका बारेमा पनि भेटमा कुराकानी भएको थियो । प्रचण्डले त्यसका लागि आवश्यक सहयोग महानगरपालिकालाई गर्न आफू तयार रहेको बताएका थिए । ‘विशेष गरी सिसडोल र बन्चरेडाँडामा कस्तो खालको सहकार्य चाहिन्छ हामी तयार छौं भन्ने कुराहरु भयो शाहले भने ।
प्रचण्डलाई भेटेका शाहले आफू स्वतन्त्र युवाहरु राजनीतिमा आउनुपर्छ भन्ने ध्येयका साथ आएको बताएका थिए । नयाँ युवाहरु नयाँ जोशसहित राजनीतिमा आउनु पर्छ भन्ने भएर आएको बताउँदै प्रचण्डसमक्ष आगामी दिनमा सहयोग गर्नका लागि बालेन्द्रले अनुरोध गरेका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply