रुपन्देहीमा पुलबाट बस खस्दा नौं जनाको मृत्यु, २३ घाइते
२२ जेठ,रुपन्देही । रुपन्देहीमा यात्रु बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ । रात्रि बस दुर्घटनामा अन्य २३ जना घाइते भएका छन् ।
आज बिहान करिब साढे चार बजे भैरहवा-परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा बस दुर्घटना भएको हो ।
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी खोलाको पुलबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा गम्भीर घाइते भएकामध्ये पाँच जनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भिम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोहिणी पुलको रेलिङ भाँच्दै बस खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply