काठमाडौं आइपुगे वरिष्ठ अमेरिकी सैन्य अधिकारी फ्लिन
२६ जेठ, काठमाडौँ । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन आज काठमाडौं आइपुगेका छन् ।
नेपाली सेनाका उच्च अधिकारीले फ्लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो स्वागत गरेका छन् । उनी अमेरिकी सेनाको बिशेष विमानबाट आएका हुन् । उनी चार दिने भारत भ्रमण सकेर बिहीबार नेपाल आएका हुन् । नेपाल आउनुअघि उनले बिहीबारै बिहान कोलकातास्थित भारतीय सेनाको पूर्वी कमाण्डको अवलोकन भ्रमण गरेका थिए ।
नेपाली सेनाका अनुसार कमाण्डिङ जनरल फ्लिन चार दिन नेपालमा रहने छन् । अमेरिकी सैन्य अधिकारी सद्भावना भ्रमणमा नेपाल आएको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् । उनका अनुसार फ्लिनले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मासँग सैनिक मुख्यालयमा भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमणअघि अमेरिकी सैन्य अधिकारीको भ्रमण भएको हो । देउवाभन्दा अघि प्रधानसेनापति शर्मा अमेरिका भ्रमणमा जाँदैछन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply