मन्त्री झाँक्रीले बञ्चरेडाँडा र सिसडोलबासीसँग माफी मागिन्
२७ जेठ, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धादिङको बञ्चरेडाँडा र नुवाकोटको सिसडोलवासीसँग माफी मागेकी छिन्।
शहरी विकास मन्त्रालयमा शुक्रबार आयोजित सर्वपक्षीय बैठकमा आफ्ना वचनले चोट पुगेको भए क्षमा गर्न अनुरोध गरेकी छन्।
हिजोका कुराहरुलाई माफीमिनाह पाऊँ, मेरो वचनले स्थानीय तहमा साथीहरुलाई असजिलो पर्यो’, उनले बैठकमा भनिन्, जनताको तहमा चोट पर्यो भने पनि माफी चाहन्छु।
शुक्रबारदेखि अघिका दिनमा सिसडोल र बञ्चरेडाँडाका समस्यालाई उठाएर अघि बढ्ने उनले प्रतिवद्धता पनि उनले जनाएकी छन्।
मैले केही कथाका कारणले आएका रियाक्टमा पनि क्षमाप्राथी छु। हाम्रो स्टेरिङ कमिटी बनेर कार्ययोजना बनाएर कार्यान्वयन गर्छौं, उनले भनिन्, मन्त्री र सचिवहरु आउने कुरा भइरहन्छन्। जनप्रतिनिधिले कसरी कुन तहको मेकानिजम बनाउने भन्ने कुरा पनि आयो। हामी मिलेर अघि बढ्नुपर्छ।
सिसडोल र बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले अहिले फोहोरको समस्या मन्त्री झाँक्रीकै कारण आएको बताएका थिए।
झाँक्रीले सहमतिको वातावरण बनाउन नसक्दा समस्या बढेको आरोप स्थानीयले लगाइरहँदा माफी मागेकी हुन्।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply