मन्त्री झाँक्रीले बञ्चरेडाँडा र सिसडोलबासीसँग माफी मागिन्
२७ जेठ, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धादिङको बञ्चरेडाँडा र नुवाकोटको सिसडोलवासीसँग माफी मागेकी छिन्।
शहरी विकास मन्त्रालयमा शुक्रबार आयोजित सर्वपक्षीय बैठकमा आफ्ना वचनले चोट पुगेको भए क्षमा गर्न अनुरोध गरेकी छन्।
हिजोका कुराहरुलाई माफीमिनाह पाऊँ, मेरो वचनले स्थानीय तहमा साथीहरुलाई असजिलो पर्यो’, उनले बैठकमा भनिन्, जनताको तहमा चोट पर्यो भने पनि माफी चाहन्छु।
शुक्रबारदेखि अघिका दिनमा सिसडोल र बञ्चरेडाँडाका समस्यालाई उठाएर अघि बढ्ने उनले प्रतिवद्धता पनि उनले जनाएकी छन्।
मैले केही कथाका कारणले आएका रियाक्टमा पनि क्षमाप्राथी छु। हाम्रो स्टेरिङ कमिटी बनेर कार्ययोजना बनाएर कार्यान्वयन गर्छौं, उनले भनिन्, मन्त्री र सचिवहरु आउने कुरा भइरहन्छन्। जनप्रतिनिधिले कसरी कुन तहको मेकानिजम बनाउने भन्ने कुरा पनि आयो। हामी मिलेर अघि बढ्नुपर्छ।
सिसडोल र बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले अहिले फोहोरको समस्या मन्त्री झाँक्रीकै कारण आएको बताएका थिए।
झाँक्रीले सहमतिको वातावरण बनाउन नसक्दा समस्या बढेको आरोप स्थानीयले लगाइरहँदा माफी मागेकी हुन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
Leave a Reply