प्रधानमन्त्री देउवा र अमेरिकी सेनाका एशिया-प्रशान्त क्षेत्र प्रमुखबीच भेटवार्ता
२७ जेठ, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्तराज्य अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
उनले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।
भेटमा उनीहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको थियो । प्रमुख फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल आएका हुन् ।
प्रमुख फ्लिनले सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपाल बसाइँका क्रममा उनले नेपालले राष्ट्रसङ्घीय शान्ति सेनामा पुर्याइरहेको भूमिकाको प्रशंसा गर्दै वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र अवलोकन तथा विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफल गर्ने जनाइएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply