आज चुरे दिवस मनाइँदै, राष्ट्रपतिले दुधौलीमा वृक्षरोपण गर्ने
२ असार, काठमाडौं । आज आठौं चुरे दिवस मनाइँदै छ । नेपाल सरकारले २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको गठन गरेको दिनको अवसर पारेर हरेक वर्ष असार २ गतेलाई चुरे दिवसको रूपमा मनाउने गरिन्छ ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले यस वर्ष एकै दिन कम्तीमा एक लाख बिरुवा रोपेर दिवस मनाउँदै छ । वृक्षरोपण अभियानको शुभारम्भ बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको दुधौली नगरपालिकास्थित विशाल सामुदायिक वनबाट गर्नेछिन् । देशभरका समितिका एकाइ तथा वन कार्यालयबाट पनि वृक्षरोपण हुने छ ।
असार महिनालाई वृक्षरोपण महिनाको रूपमा मनाउँदै असार महिनाभर कम्तिमा पाँच लाख वृक्षरोपण गरिने राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले जनाएको छ ।
नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ वटा जिल्लामा कूल भूभागको १२.७८ प्रतिशत क्षेत्रमा चुरे पहाड फैलिएको छ । चुरे कान्छो पहाड, भौगर्भिकरूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी, दुर्लभ वन्यजन्तुको बासस्थान र जैविक मार्ग हो । अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरन र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले यो क्षेत्र संवेदनशील बन्दै गएको छ । बलौटे ढुंगा एवं माटोबाट बनेका कारण चुरे भूभाग निकै कमजोर मानिन्छ ।
यो क्षेत्रका १६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई संवेदनशील एवं जोखिमपूर्ण भौगोलिक क्षेत्र घोषणा गर्दै यसको संरक्षणका लागि विभिन्न कार्यक्रमहरु सन्चालन हुँदै आएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply