ताप्लेजुङमा पहिरोले घरै बगाउँदा सासु-बुहारीको मृत्यु, छोरा घाइते
३ असार, ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा पहिरोले पुररेर सासु-बुहारीको ज्यान गएको छ ।
गए राति घर माथिबाट खसेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको ज्यान गएको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार लिम्बुले जानकारी दिए । उनका अनुसार पहिरोमा परेर हराइरहेका उनीहरुको पुहिरिएकै अवस्थामा शव भेटिएको हो । अधिकारीको घरमाथि सडक खनिएको थियो । सोहि सडकसँगै गएको पहिरोले घरमतान बगाएको हो ।
यशोदाका श्रीमान् विष्णु अधिकारीले भने भागेर ज्यान जोगाउन सफल भएका छन् । विष्णु अधिकारी गम्भीर घाइते भएका छन् । उनलाई हेलिकप्टरबाट उद्धारको तयारी भइरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । ‘भाग्ने क्रममा उनको आँखा, छाती र टाउकोमा गम्भीर चोट लागेको खबर आएको छ । उनलाई उपचारका लागि स्थलमार्गबाट अस्पतालसम्म पुर्याउन बाढी पहिरोका कारण समस्या छ ।
अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पहिरोले अधिकारीका दुई वटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपाया समेत पुरेको अनुमान गरिएको छ । यस्तै पहिरोले वडा नम्बर-६ का केही घरमा पनि नोक्सानी भएको छ । सिरीजङ्घा गाउँपालिकाको वडा नम्बर ६ र ७ पहिरोको उच्च जोखिममा रहेको उपाध्यक्ष लिम्बुले बताए । पहिरोका कारण यी दुई वडाका १०/१५ परिवार विस्थापित भएका उनले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply