काठमाडौं महानगरले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । सोही नीति तथा कार्यक्रमको आधारमा असार १० गते आर्थिक वर्ष २०७९/८० को बजेट आउने छ ।
स्वतन्त्र उम्मेदवार बनेर राजनीतिक दलका उम्मेदवारलाई हराउँदै मेयर पद जितेका मेयर बालेन्द्र साह (बालेन)को नेतृत्वमा कस्तो नीति तथा कार्यक्रम र बजेट आउला भन्ने चासो छ ।
नगरसभामा मेयर साह अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम पास गराउन राजनीतिक दलबाट उम्मेदवार बनेर चुनिएका जनप्रतिनिधिहरुको साथ चाहिने छ ।
यसैबीच नीति तथा कार्यक्रमबारे छलफल गर्न आज बिहान काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक बसेको थियो ।
अघिल्ला बैठकहरु लाइभ गर्दै आएको महानगरपालिकाले आजको बैठक भने लाइभ गरेन । बैठक अनौपचारिक भएकाले लाइभ नगरिएको मेयर साहको सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचार
-
प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस
-
दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि
-
अर्थमन्त्री शर्माले दिए राजीनामा
-
बजेट प्रकरणमा मुछिएका अर्थ सचिव मरासिनी बिदामा
-
अर्थमन्त्रीका विषयमा माओवादीले एमालेसँग छलफल गर्ने
-
मंसिर २ मा संसदीय निर्वाचन गर्न आयोगको प्रस्ताव
-
नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय
-
रामेछाप बस दुर्घटना : थप तीनको मृत्यु, मृत्तकको संख्या १२ पुग्यो
-
गठबन्धन सरकारले आर्थिक संकट पैदा गर्यो : महासचिव पोखरेल
-
पहिरोले बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
-
गठबन्धन देशका लागि अभिशाप : ओली
-
सेनाले एसपीपीमा सहभागी हुन मर्यादा नाघेर पत्र लेख्यो : केपी ओली
Leave a Reply