नेपाल-भारत सीमा समस्या समाधान वार्ताबाट गर्नुपर्छ : ज्ञवाली
७ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेला मौकामा राष्ट्रिय हितमा चुनौतीहरू देखा पर्ने गरेको बताएका छन् ।
आज काठमाडौंमा पूर्व राजदूतहरूको समूहले नेपालको परराष्ट्र मामिलाबारे गरेको अन्तरक्रियामा आफ्ना विचार राख्दै ज्ञवालीले पछिल्लो समय नेपालमा विश्वमा देखिएका भू-राजनीतिक बदलाव र त्यसका बाछिटाहरू देखिन थालेको बताएका हुन् ।
पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद सार्थक कूटनीतिक संवादमार्फत समाधान हुनुपर्ने पनि बताएका छन् ।
अहिलेको मुख्य चासो राष्ट्रिय हितमा बेला मौकामा आउने चुनौतीहरू कसरी सामना गर्छौ भन्ने छ । इतिहासले छाडेका वा भारी बोकाएका समस्याहरू समाधान गर्नुछ । कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद सार्थक वार्तामार्फत समाधान गर्नुपर्नेछ । यसो भनिरहनु भारतको विरोध गर्नु पनि हैन र उग्र राष्ट्रवाद पनि होइन, उनले भने ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply