५ देखि ११ वर्षका बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप दिइँदै
९ असार, काठमाडौं । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड १९ विरुद्धको खोप दिँदै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा देशका २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइने छ।
पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ।
बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था गरिएको छ।
देशका बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी छ। देशमा ५–११ उमेर समूहका बालबालिका ३९ लाख भन्दा धेरै छन्।
बालबालिकालाई प्रदान गर्ने फाइजर खोप सरकारले कोभ्याक्स सुविधा अन्तर्गत एक साताअघि नै अमेरिकाबाट अनुदानमा ल्याएको छ। पहिलो लटमा २२ लाख ३ हजार २ सय मात्रा खोप ल्याइएको छ।
आजदेखि बालबालिकालाई दिन लागिएको खोपको प्रयोग ९१ प्रतिशत प्रभावकारी मानिएको छ। विश्वका धेरै मुलुकमा यो खोप प्रयोग भइसकेको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply