पोखराको सुइँखेत डुबानमा, १५० बढी परिवारलाई सुरक्षित स्थानमा सारियो
११ असार, पोखरा । शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा वडानम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका छन् ।
पहिरोले त्यहाँ रहेका विभिन्न गाई तथा पशु फार्म बगाउँदा २५ भन्दा बढी खसी बाख्रा पुरिएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले जानकारी दिए । तर, त्यसबारे यकिन विवरण भने नआइसकेको उनले बताए ।
वडाध्यक्ष तिमिल्सिनाका अनुसार पोखरा २५ हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा परेको छ । यो बस्तीमा करिब ढेडसयभन्दा बढी घर छन् । ती सबै डुबानमा परेका छन्’ उनले भने, टोलबासीहरूलाई उद्धार गरिएको छ । उनीहरुको कोही आफन्तकोमा गएका छन् भने कोहीलाई मन्दिरमा राखिएको छ ।
पोखरा २५ क्षेत्रमै गएको पहिरोले १२ वटा घर क्षति पुर्याएको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिएका छन् । घर बगाएको छ । फार्महरु बगाएको छ । बाख्रा बगाएको छ । अन्य मानवीय क्षति हुन पाएन । तर, भौतिक क्षति धेरै भएको छ, उनले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply