प्रचण्डले आरोपपत्र फिर्ता नलिँदा नेकपा जोगिएन : वामदेव गौतम
काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कांग्रेस र कम्युनिस्ट पार्टीहरू मिल्दा मात्रै नेपालमा परिवर्तन र विकास सम्भव भएको बताएका छन् । शनिबार ‘नेकपा राष्ट्रिय एकता अभियान’ को दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गौतमले आफूले प्रयास गरेको भए पार्टी विभाजन नहुने थियो आत्मालोचना गरेका छन् ।
उनले प्रचण्डले ‘संगीन आरोपपत्र’ फिर्ता लिएको भए नेकपा फुटबाट जोगिन्थ्यो कि भन्ने अहिले पनि लागिरहेको बताएका छन् । उनले आफूलाई धेरैजसोले वामदेवका कारण पार्टी विभाजन भएको भनेर आरोप लगाउने गरेको गुनासो गरे । धेरैले वामदेवकै कारण विभाजित भयो भने आरोप लाग्यो,’ गौतमले भने, ‘मैले पनि गल्ती गरेकै हो भनेर आजको प्रस्तावमा पनि लेखेको छु । वामदेव लागेको भए पार्टी जोगाउन सकिन्थ्यो भन्नुभयो । यो साँचो हो, म लागेको भए पार्टी विभाजन हुँदैनथ्यो । म आत्मालोचित भएको छु ।
पहिले गाली गरे पनि कांग्रेस परिवर्तन र सुधारको पक्षधर पार्टी भएको उनको भनाइ थियो । ‘पहिले हामीले नेपाली कांग्रेसलाई गाली गर्यौँ । यो दलाल पुँजीपतिहरूको पार्टी हो भनेर भन्यौं । तर नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी नमिल्दासम्म कहिल्यै पनि जनताले अधिकार पाएनन् । नेपालको विकास निर्माणको काम पनि अगाडि बढेन, उनले भने ।
कांग्रेस र कम्युनिस्ट पार्टीकै कारण संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उनको भनाइ थियो । ‘जब दुईटा पार्टी मिले खोसिएको जनताको अधिकार सुस्त सुस्त प्राप्त हुने काम सुरु भयो । सबैभन्दा पहिले २०४७ सालमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र पुनःस्थापना भयो । त्यसपछि कांग्रेस र कम्युनिस्ट मिले, राजतन्त्र समाप्त भयो र संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापना भयो, उनले भने ।
कांग्रेस र कम्युनिस्ट मिलेर गरेका आन्दोलन मात्रै सफल भएको उल्लेख गर्दै गौतमले भने, नेपालमा कांग्रेसले एक्लै नेतृत्व गरेका आन्दोलन पनि सफल भएका छैनन्, कम्युनिस्ट एक्लैले गरेका आन्दोलन पनि सफल भएका छैनन् । दुईटा मिलेर गरेका आन्दोलन मात्र सफल भएका छन् । यसबाट के पुष्टि हुन्छ भने नेपाली कांग्रेस दलाल नोकरशाही पुँजीपति वर्गको पार्टी होइन । यो पुँजीवादी पार्टी हो । सुधारवादी पार्टी हो । राष्ट्रिय हितका निम्ति वकालत गर्ने राष्ट्रिय पुँजीवादी पार्टी हो । त्यसकारण कांग्रेस कम्युनिस्ट पार्टीको पनि मित्र पार्टी हो ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरूलाई दबाब दिएर एमसीसी सम्झौता संसद्बाट पारित गराएको पनि गौतमले बताए । ‘कांग्रेसलाई मात्र नेतृत्व सुम्पने हो भने नआउनुपर्ने एमसीसी जस्ता कार्यक्रमहरू आउँछन् । एमसीसी पनि कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवाका पालामै तत्कालीन अर्थमन्त्रीले हस्ताक्षर गर्नुभयो । अहिले पनि गठबन्धनका पार्टीलाई उहाँले दबाब दिनुभयो । त्यसपछि प्रचण्ड पनि प्रचण्ड रहनु भएन उहाँ पुष्पकमल दाहाल मात्र रहनु भयो । माधव नेपाल पनि खुट्टा कमाउन्नँ भन्नु हुन्थ्यो तर त्यसो भएन, उनले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply