महेन्द्र राजमार्ग र बुटवल-पाल्पा सडक अवरुद्ध
१४ असार, नवलपरासी । लगातारको बर्षाका कारण पूर्वी नवलपरासीको अरुणखोला दुम्कीबास सडक बगाउँदा महेन्द्र राजमार्गको यातायात अवरुद्ध बनेको छ ।
गए रातिको बाढीले डाइभर्सन सडक बगाएका कारण अरुण खोलामा आज
विहानबाट राजमार्ग अबरुद्ध भएको हो । महेन्द्ररा मार्ग हुँदै पूर्व पश्चिमका लागि छुटेका गाडी प्रहरीले दुम्कीबास र चोरमारामा रोकेको जानकारी दिएको छ । एकै ठाउँमा लामो जाम नहोस् भनेर ती स्थानमा गाडी रोकिदिएको प्रहरीले जनायो । महेन्द्र राजमार्ग पराकिलो बनाउने क्रममा पुल र कल्भर्ड भएका स्थानमा डाइभर्सन सडक बनाइएको छ ।
वर्षामा आएको बाढीले दिनहुँजसो त्यस्ता डाइभर्सन बगाउने जोखिम छ । महेन्द्र राजमार्ग अन्तर्गत बुटवल नारायणगढ खण्डको ११४ किलोमिटर क्षेत्रमा करिब २ सय डाइभर्सन रहेको छ । सडक फराकिलो पार्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम थालेको ३ वर्षको अवधिमा १७ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।
आउँदो साउन २२ गते सडक निर्माणको काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नपर्ने सम्झौतामा उल्लेख भएपनि उसले १७ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । कछुवा गतिमा काम गरेका कारण राजमार्गमा धेरै ठाउँमा खाल्डैखाल्डा छन् ।
बुटवल-पाल्पा सडक पनि अवरुद्ध
यता लगातारको भारी वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकमा यातायात अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिक माथिबाट सडकमा पानीको ठूला छहरा खसेको छ । पानीको छहरा खस्दा सवारी साधन ओहोरदोहोर हुन नसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बिहान ६ बजेदेखि सवारी साधन चालु हुन नसकेको हो । वर्षाका कारण राजमार्गमा ठूलो पहिरो नगएको भएपनि सिद्धबाबा क्षेत्रका केही ठाउँमा ढुंगाहरु खसेको छन् । सिद्धबाबा र झुम्साका बीचमा ढुंगा र पहिरोहरु खसेको दोभान प्रहरी चौकीका सइ विष्णुबहादुर कुँवरले बताए । अहिले दुवैतर्फ सवारी साधनहरु रोकिएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply