महेन्द्र राजमार्ग र बुटवल-पाल्पा सडक अवरुद्ध
१४ असार, नवलपरासी । लगातारको बर्षाका कारण पूर्वी नवलपरासीको अरुणखोला दुम्कीबास सडक बगाउँदा महेन्द्र राजमार्गको यातायात अवरुद्ध बनेको छ ।
गए रातिको बाढीले डाइभर्सन सडक बगाएका कारण अरुण खोलामा आज
विहानबाट राजमार्ग अबरुद्ध भएको हो । महेन्द्ररा मार्ग हुँदै पूर्व पश्चिमका लागि छुटेका गाडी प्रहरीले दुम्कीबास र चोरमारामा रोकेको जानकारी दिएको छ । एकै ठाउँमा लामो जाम नहोस् भनेर ती स्थानमा गाडी रोकिदिएको प्रहरीले जनायो । महेन्द्र राजमार्ग पराकिलो बनाउने क्रममा पुल र कल्भर्ड भएका स्थानमा डाइभर्सन सडक बनाइएको छ ।
वर्षामा आएको बाढीले दिनहुँजसो त्यस्ता डाइभर्सन बगाउने जोखिम छ । महेन्द्र राजमार्ग अन्तर्गत बुटवल नारायणगढ खण्डको ११४ किलोमिटर क्षेत्रमा करिब २ सय डाइभर्सन रहेको छ । सडक फराकिलो पार्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम थालेको ३ वर्षको अवधिमा १७ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।
आउँदो साउन २२ गते सडक निर्माणको काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नपर्ने सम्झौतामा उल्लेख भएपनि उसले १७ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । कछुवा गतिमा काम गरेका कारण राजमार्गमा धेरै ठाउँमा खाल्डैखाल्डा छन् ।
बुटवल-पाल्पा सडक पनि अवरुद्ध
यता लगातारको भारी वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकमा यातायात अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिक माथिबाट सडकमा पानीको ठूला छहरा खसेको छ । पानीको छहरा खस्दा सवारी साधन ओहोरदोहोर हुन नसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बिहान ६ बजेदेखि सवारी साधन चालु हुन नसकेको हो । वर्षाका कारण राजमार्गमा ठूलो पहिरो नगएको भएपनि सिद्धबाबा क्षेत्रका केही ठाउँमा ढुंगाहरु खसेको छन् । सिद्धबाबा र झुम्साका बीचमा ढुंगा र पहिरोहरु खसेको दोभान प्रहरी चौकीका सइ विष्णुबहादुर कुँवरले बताए । अहिले दुवैतर्फ सवारी साधनहरु रोकिएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply