आईजीपी नियुक्तिविरुद्धको मुद्दा : आज अन्तिम सुनुवाइ हुँदै
१९ असार, काठमाडौँ । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुने भएको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको पेशी तोकिएको छ । यसअघि सो मुद्दाको पेशी कायममुकायम प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासमा तोकेको भएपनि सो दिन मुद्दाको बहस नसकिएपछि आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
आज आईजीपी बढुवाको पक्षमा भीमार्जुन आचार्यसहित सुशील पन्त, श्याम खरेल, टीकाराम भट्टराई, ओमप्रकाश अर्यालले बहस गर्दैछन् । गत वैशाखमा मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा धिरजप्रताव सिंहलाई बढुवा गरेपछि प्रहरी अतिरित्क महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
वरिष्ठताक्रम अनुसार बढुवामा नपरेपछि डीआइजी ईश्वरबाबु कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भए पनि मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिदै आएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply