सेनाले एसपीपीमा सहभागी हुन मर्यादा नाघेर पत्र लेख्यो : केपी ओली
२० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागी हुन नेपाली सेनाले लेखेको पत्र मर्यादाबाहिर गएर लेखेको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्ना धारणा राख्दै अध्यक्ष ओलीले त्यसबेला तत्कालीन प्रधानसेनापतिले पत्र लेखेको विषयबारे बोलेका हुन्।
उनले प्रधानसेनापतिले राजदूतलाई लेखेको पत्रबारे जानकारी समेत नगराएको बताए।
तत्कालीन प्रधानसेनापतिबाट काम भएको छ, ओलीले भने, यसमा नेपाली सेनाको मैले बाहिर सुन्छु, नेपाली सेना यस्तो चर्चामा आउनुपर्ने पात्र होइन। सेनाले सोझै एम्बेसीलाई पत्र लेख्ने कुरा मर्यादा बाहिर हो। त्यतिखेर प्रधानमन्त्रीलाई अवगत गराइएन । त्यसपछि यो विषय चुपचार रह्यो कसैले चर्चा पनि गरेन।’
ओलीले ‘इनफ’ भन्दा बढी नै भइसकेपछि यहाँ बोल्न बाध्य भएको बताए।
‘इनफ इज इनफ अब चै अत्ति नै भयो’, उनले भने, मैले केही कुरा स्पष्ट गर्नुपर्ने भएको छ। सरकारले हल्ला। भ्रम फिँजाउने होइन, मन्त्रीहरुले जथाभावी बोल्दै हिँड्ने होइन, यथार्थ के हो, त्यो ल्याउनुप¥यो। एसएसपी कुन समयमा आएको थियो।
प्रधानमन्त्रीलाई भन्न चाहन्छु । यस्तो अन्योल जनतालाई दिन पाइदैन राज्यमा बसेकाले झन् गर्नुहुन्न।
२०७२ भदौ २४ गते नेपाली सेनाले सेप्टेम्बर १०, २०१५, संविधान जारी हुनुभन्दा १० दिनअगाडि रक्षा मन्त्रालयलाई एसपीपीमा सहभागी भएको बारे पत्राचार गरेको थियो।
त्यसपछि २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो। त्यसको ३ दिनपछि २०७२ असोज ३ गते रक्षा मन्त्रालयबाट नेपाली सेनालाई रक्षा मन्त्रालयलाई मनोनित गर्ने गरी एसपीपीमा पत्र लेख्ने निर्णय भएको उनले बताए।
‘संविधान जारी भएको एक हप्तापछि पत्र असोज १३ त्यही निर्णय तत्कालीन प्रधानसेनापतिबाट काम भएको छ’, ओलीले भने, ‘यसमा नेपाली सेनाको मैले बाहिर सुन्छु, नेपाली सेना यस्तो चर्चामा आउनुपर्ने पात्र होइन । सेनाले सोझै एम्बसीलाई पत्र लेख्ने कुरा मर्यादा बाहिर हो। त्यतिखेर प्रधानमन्त्रीलाई अवगत गराइएन। त्यसपछि यो विषय चुपचार रह्यो कसैले चर्चा पनि गरेन।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply