अर्थमन्त्रीका विषयमा माओवादीले एमालेसँग छलफल गर्ने
२२ असार, काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले अर्थ मन्त्रालय र अर्थमन्त्री जनार्दन शर्माबारे उठेका विषयमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग छलफल गर्ने भएको छ ।
आज बसेको पूर्व स्थायी समिति बैठकले एमालेसँग छलफल गर्ने निणर्य गरेको नेता हरिबोल गजुरेलले जानकारी दिएका छन् । अर्थ मन्त्रालयका विषयमा उठेका विषयमा जानकारी गराउनु पर्यो नि ! एमालेसँग छलफल गर्ने कुरा भएको छ, उनले भने । अर्थमन्त्री शर्माले बजेटमा करको दर बढाउन बाहिरी व्यक्ति संलग्न गराएको भन्दै विरोध हुँदै आएको छ ।
बैठकमा अर्थमन्त्री समेत रहेका नेता जनार्दन शर्माले आफ्ना कुरा राखेका थिए । उनले आफू निर्दोष भएको दाबी गरेका थिए । ‘उहाँले बाहिर आए जस्तो होइन भन्नु भयो । उहाँले आफू निर्दोष रहेको बताउनु भयो, गजुरेलले भने ।
अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply