अर्थमन्त्रीका विषयमा माओवादीले एमालेसँग छलफल गर्ने
२२ असार, काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले अर्थ मन्त्रालय र अर्थमन्त्री जनार्दन शर्माबारे उठेका विषयमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग छलफल गर्ने भएको छ ।
आज बसेको पूर्व स्थायी समिति बैठकले एमालेसँग छलफल गर्ने निणर्य गरेको नेता हरिबोल गजुरेलले जानकारी दिएका छन् । अर्थ मन्त्रालयका विषयमा उठेका विषयमा जानकारी गराउनु पर्यो नि ! एमालेसँग छलफल गर्ने कुरा भएको छ, उनले भने । अर्थमन्त्री शर्माले बजेटमा करको दर बढाउन बाहिरी व्यक्ति संलग्न गराएको भन्दै विरोध हुँदै आएको छ ।
बैठकमा अर्थमन्त्री समेत रहेका नेता जनार्दन शर्माले आफ्ना कुरा राखेका थिए । उनले आफू निर्दोष भएको दाबी गरेका थिए । ‘उहाँले बाहिर आए जस्तो होइन भन्नु भयो । उहाँले आफू निर्दोष रहेको बताउनु भयो, गजुरेलले भने ।
अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply