वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन नगर्न सर्वोच्चको आदेश
२३ असार, काठमाडौँ । सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णयबाट हटाइएका नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई फर्काइ दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आगामी असार २८ गते अर्को पेसी राख्दै त्यतिञ्जेलसम्म अधिकारीलाई काम गर्न दिनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अधिकारीले २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । उनलाई ४ वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा उनलैलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
मन्त्रिपरिषद्को असार ६ गतेको बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । अधिकारीको तत्कालीन मन्त्री प्रेम आलेसँग झगडा परेको अडियो सार्वजनिक भएको थियो । त्यस अडियोमा आलेले अधिकारीलाई हातपात गरेको पनि सुन्न सकिन्थ्यो ।
त्यसपछि आलेले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर छानबिन गर्ने भन्दै अधिकारीलाई निलम्बन गर्ने निर्णय गराएका थिए । तर एकीकृत समाजवादी सचिवालयको जेठ २२ गतेको निणर्यअनुसार अधिकारीलाई निलम्बन प्रस्ताव लैजाने आले मन्त्रीबाटै फिर्ता भइसकेका छन् । अहिले जीवनराम श्रेष्ठ पर्यटनमन्त्रीका रुपमा छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply