चिनियाँ नेता लिउले भेटे एमाले अध्यक्ष ओली
२८ असार, काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । कहेबेर अघि उनीहरुबीचको ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।
सीपीसीका नेता लिउले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ सँग झण्डै दुई घण्टा छलफल गरेका थिए । छलफलमा नेपालमा भइरहेको चिनियाँ विरोधी गतिविधि र संभावित कम्युनिष्ट गठबन्धनको बारेमा छलफल भएको थियो । लिउ ६ सदस्यीय टेलीको नेतृत्व गर्दै आइतबार नेपाल आएका थिए । नेपालस्थित चिनियाँ दूतावासले उनको भ्रमणको संयोजन गरेको छ ।
भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु फङ स्यौपिन, छाङ ज्यौछिन, छोइ च्याङ, चङ योया र वन चाङ्ता रहेका छन् । सीपीसीको विदेश विभाग प्रमुख भएपछि लिउले नेपालबाट आफ्नो विदेश भ्रमण सुरु गरेका छन् ।
नेपाल आउनु अघि लिउले असार ९ मा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भर्चुअल संवाद गरेका थिए । लगत्तै असार १६ मा लिउले परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरे । त्यसकै श्रृंखलास्वरुप नेपालका राजनीतिक दलसँग सम्बन्ध विस्तार गर्न लिउ नेपाल आएका हुन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply