गणपूरक संख्या नपुगेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित
२८ असार, धनगढी । बजेटमाथि छलफल गर्न बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक गणपूरक संख्या नपुगेपछि फेरि स्थगित भएको छ ।
बिहान ११ बजे बोलाइएको बैठक एक घण्टा ढिलो गरेर १२ बजे बसे पनि गणपूरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका हुन् ।
देशसभाको अर्को बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयकाअनुसार बैठक सञ्चालन गर्न १४ जना सांसदको उपस्थिति हुनुपर्नेमा मंगलबारको बैठकमा १३ जना मात्र उपस्थित थिए ।
बैठकमा सत्तारूढ नेपाली कांग्रेसका कुनै पनि प्रदेश सभा सदस्यको उपस्थिति थिएन । सुदूरपश्चिममा सत्तारूढ दल नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका गरेर ३७ जना प्रदेशसभा सदस्य छन् ।
आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट संशोधन गर्नुपर्ने माग सत्तारूढ दलकै प्रदेशसभा सदस्यहरूले गरेका छन् ।
बजेट संशोधन नभए बैठक चल्न नदिने अडानकै कारण अहिलेसम्म बैठक बस्न सकेको छैन । सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दल सहभागी नभएपछि बैठक स्थगित गरिएको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply