उपसभामुखमा एमालेबाट विद्या भट्टराईको मनोनयन दर्ता
३० असार, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । संघीय संसद सचिवालय पुगेर भट्टराईले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् ।
एमालेको तर्फबाट भट्टराईलाई उपसभामुखमा उठाइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।
पोखरेलले भने, भोलि मनोनयन फिर्ता गर्ने बेलासम्ममा लोसपालाई सघाउने गरी फिर्ता लिने चान्स पनि छ । लोसपाबाट उपसभामुखमा समानुपातिक सांसद चन्दा चौधरीलाई उठाउन सक्ने सम्भावना छ ।
यता पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई उपसभामुखमा उम्मेदवार बनाएको छ । भुसालले मनोनयन दर्ता गराइसकेकी छन् । २०७६ सालदेखि खाली उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुँदै छ । बुधबार आयोजित प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन मिति घोषणासँगै कार्यतालिका सार्वजनिक गरिसकेका छन् । शुक्रबार दिउँसो ३ बजे उपसभामुखका लागि निर्वाचन हुँदैछ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply