आजदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाको दोस्रो खोप
२ साउन, काठमाडौं । कोरोनाको पहिलो मात्रा खोप लगाएका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आज देखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई आजदेखि आउँदो आइतवारसम्म दोस्रो मात्रा खोप दिन लागिएको हो । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको छ । बालबालिकालाई पहिलो मात्रा जस्तै दोस्रो मात्रा खोप पनि विद्यालयमै लगाइने मन्त्रालयले जनाएको छ।
सरकारले पहिलो चरणमा प्रदेश-१ को झापा, इलाम, मोरङ र सुनसरी, मधेस प्रदेशको सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी, वाग्मती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर, गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोप लगाउन शुरु गरेको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply