प्रधानसेनापति शर्मा १५ दिनका लागि अष्ट्रेलिया भ्रमणमा जाँदै
२ साउन, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलियाको सिड्नी जाँदै छन् । यही साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा सञ्चालन हुने ‘एन्युअल चिफ्स अफडिफेन्स कन्फ्रेन्स-२०२२’ मा भाग लिन प्रधानसेनापति त्यसतर्फ जान लागेका हुन् ।
मन्त्रिपरिषद्को असार ३१ गते बसेको बैठकले प्रधानसेनापति प्रभुराम शर्मालाई ‘एन्युअल चिफ्स अफडिफेन्स कन्फ्रेन्स-२०२२’ मा भाग लिन स्वीकृति दिने निणर्य गरेको छ । साथै श्री नं २७ नम्बर बाहिनी अड्डाका लागि आवश्यक जग्गा प्रचलित कानुनबमोजिम मुआब्जा दिने गरी प्राप्त गर्न नेपाली सेनालाई स्वीकृति दिइएको छ ।
शर्मा साउन ७ गते अष्ट्रेलियाका लागि प्रस्थान गर्नेछन् । मन्त्रिपरिषद् बैठकले उनको अष्ट्रेलिया भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
सैनिक मुख्यालय जग्गीअड्डाको प्रस्ताव रक्षा मन्त्रालय हुँदै अघिल्लो साता मन्त्रिपरिषद् पुगेको थियो । मन्त्रिपरिषद् स्रोतका अनुसार सेनाले साउन ७ देखि २२ सम्मका लागि १५ दिनको बिदा शर्माको स्वीकृतिका लागि पठाएको थियो ।
सेनाको अनुरोध बमोजिम प्रधानसेनापतिको बिदा स्वीकृत गरिएको हो, स्रोतले जानकारी दिएको छ । सैनिक प्रवक्ता नारायण सिलवालले उक्त कन्फ्रेन्स हरेक बर्ष फरक—फरक देशमा हुने नियमअनुसार यसपाली अष्ट्रेलियाले आयोजना गर्न लागेको बताए ।
कहिले सिंगापुर, कहिले हवाई, कहिले अष्ट्रेलियामा यो सम्मेलन हुन्छ । प्रायजसो सम्मेलन वार्षिक रुपमा आयोजना हुन्छ’सिलवालले भने, नेपालबाट सेना प्रमुखको सहभागिता रहने गरेको छ ।
प्रधानसेनापति साउन ११ गतेसम्म कन्फ्रेन्समा सहभागी भएपछि थप ११ दिन अष्ट्रेलियामै रहने छन् । ‘साउन १२ पछि अष्ट्रेलियामै उहाँको पारिवारिक भेटघाट छ । त्यहीअनुसार बिदा स्वीकृत भएको छ, सिलवालले अगाडि भने । प्रधानसेनापति शर्मा साउन २२ गते स्वदेश फर्किने कार्यक्रम छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply