गठबन्धनले देशलाई बर्वादीतिर धकेलेको छ : केपी ओली
४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले मुलुकलाई बर्वादीतिर लगेको तथ्य राख्नुभएको छ ।
नेकपा एमाले बागमति प्रदेश संगठन कमिटीले आज काठमाडौंमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण तथा भेलाको उदघाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो तथ्य राख्नुभएको हो ।
गठबन्धनलाई मुलुकको कुनै चिन्ता छैन, नातागोता पोस्न ब्यस्त छ, मुलुक वर्वादीको दिशातिर छ । अहिले मुलुकमा अयोग्य सावित भएको, भ्रष्ट सावित भएको, नातावाद कृपावादलाई लिएर कुदेको, देशभित्रको राजनीतिक सम्बन्धहरुलाई तनावग्रस्त र कटुतापुर्ण बनाउँदै लगेको, अन्तराष्ट्यि सम्बनधलाई असन्तुलिन र अनुचित ढंगले खल्बल्याएको र देशको भविश्य नै के होला भन्ने गम्भीर अवस्था देखिएको छ । मन थाम्न गाह्रो हुने गरी बर्वादीतिर जाँदैछौं हामी, अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले गठबन्धनले देशलाई झगडियाको मुलक बनाएको तथ्य पनि राख्नुभयो ।
देशलाई नै झगडिया देश बनाइसक्यो अहिलेको गठबन्धनले । प्रधानमन्त्री छानिने मुद्धाबाट, प्रधानमन्त्री हटाइने मुद्धाबाट । सवै कुरा मुद्धाबाटै गर्न थालेको छ यो गठबन्धनले, अध्यक्ष ओलीले भन्नुभयो यसदेशमा अरु बिषयको त पढाइ बन्द गरे हुन्छ कि क्या हो ? कानून बाहेक गठबन्धनले यसतर्फ देशलाई पुर्याइसक्यो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply