काँग्रेस केन्द्रीय विभागमा न्यायाधीश रहेको ओलीको दाबी
६ साउन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको केन्द्रीय विभागमा न्यायाधीश नै रहेको बताएका छन् । सवै ठाउँमा काँग्रेस त छन् नि न्यायालयमा काँग्रेस छन् । काँग्रेसका केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन ? राजीनामा दिएको त सुनिएन, ओलीले भने, म भन्दिनँ कुन कुन परिवारका सदस्य भनेर ।
शुक्रबार एमाले नीति तथा अनुसन्धान प्रतिष्ठानको अन्तरक्रियामा पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारले ल्याएको बजेट भ्रष्ट भएको टिप्पणी पनि गरे । ‘यो भ्रष्ट बजेट हो । फुटेज हटाउनु र ड्यामेज गर्नु नै पर्याप्त छैन र ? हल्लालाई बहस र बहसलाई हल्लामा परिणत गर्ने मेरो रुची छैन’, ओलीको भनाइ छ । ओलीले यति होल्डिङसलाई राजतन्त्रका पालामा दिएको र सुशिल कोइरालाका पालमा ट्रान्सफर गरेका भन्दै बचाउ गरे । ओलीले आफ्नो नेतृत्वको सरकारले विकास र निर्माणका सही नीति लिएको दावी समेत गरे ।
कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति तथा प्रतिष्ठानले गर्ने कामका बारेमा चर्चा गर्दै कम्युनिस्ट आन्दोलन तथा पार्टीले भविष्यमा लिने नीति र सरकारका कामकारवाहीबारे विश्लेषण गर्ने जानकारी दिएका थिए । त्यस्तै पुर्व अर्थमन्त्री समेत रहेका एमाले नेता युवराज खतिवडाले वर्तमान अर्थतन्त्रबारे समिक्षात्मक टिप्पणी गरेका थिए । उनले दक्षिण एसियामा नेपाल अर्थतन्त्रको हिसावले कहाँ छ र वर्तमान सरकारको क्रियाकलाप र अर्थतन्त्रका बारेमा प्रस्तुती दिएका थिए ।
उनले विगत दुई दशकको स्थिति हेर्दा सशस्त्र द्वन्द्वका कारण मुलुकका आर्थिक जुइना खुस्काएको तथा त्यसपछि ७२ को भुकम्प र कोभिडलगायतले पनि असर गरेको बताए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply